जनार्दन शर्माद्वारा उपमहासचिव पद अस्वीकार

काठमाडाैँ । जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीकाे उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा उनले पद अस्वीकार गरेका हुन् । ‘नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु । तर, रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन, लाइनले हुँदैन,’ उनले भनेका छन् ।

पार्टीकाे महासचिवकाे दाबेदार उनले कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा भनेका छन्— ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरूलाई जानकारी गराउन चाहन्छु ।’ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई उपमहासचिव बनाए । यसमा शर्माले चित्त बुझाएका छैनन् । माओवादीले शर्मासँगै गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल,शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =