बजाजको अफर : यसपालीको चाड, उपहारसँगै स्वरोजगार

काठमाडौँ । बजाज थ्री ह्वीलर्सको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफर सार्वजनिक गरेको छ ।

कम्पनीले ‘यसपालीको चाड, उपहार सँगै स्वरोजगार’ अफर ल्याएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरेको अभियानमा बाजाज म्याक्सिमा सी वा बाजाज आरई बीएस ६ को खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसुङ एफ २२ स्मार्ट फोन जित्न सक्नेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनी निर्देशक अभिमन्यु गोल्छाले भने, ‘चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ ।

उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *