पर्यटनमन्त्रीलाई लाेहनीकाे सल्लाह- ‘सार्वजनिकरूपमा माफी माग्नुस्’

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष एवम् पूर्वमन्त्री प्रकाशचन्द्र लाेहनीले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिकरूफमा माफी माग्न आग्रह गरेका छन् । सुरक्षा गार्डलाई थुनामा पठाएको विषयमा आलोचित भइरहेका उलने सार्वनजिकरूपमा माफी माग्नुपर्ने उल्लेख गर्दै लाेहनीले भनेका छन्— सायद गुरुङजीले तपाईंलाई माफी दिनुहुनेछ ।
उनले त्यसअघि भनेका छन्, ‘जीवनरामजी, सार्वजनिकरूपमा एउटा आफ्नो कर्तव्य गरिरहेको नागरिकको स्वाभिमान र आत्मसम्मानमा तपाईंले दुईमहिने मन्त्रीकाे घमण्डको कारण प्रहार गर्नुभयाे । मेरो सल्लाह छ, सार्वजनिकरूपमा माफी माग्नुस् ।’
गत शनिवार ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्ड शेरजङ्ग गुरुङ पक्राउ परेका थिए । उनी ग्रुप फोर सेक्युरिटीमा कार्यरत थिए । अहिले उनी रिहा भइसकेका छन् । कामका लागि श्रीमतीसँगै त्यहाँ पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए । मन्त्रीका पिएसओले उनी मन्त्री भएको बताएपनि गार्डले जाे भएपनि लाइन बस्नुपर्ने बताएपछि उनीमाथि अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइ पक्राउ गरिएकाे छ ।
मन्त्री श्रेष्ठकाे याे कदमकाे विराेध भइरहेकाे छ । नियम, कानून सबैका लागि बराबरी भएका उल्लेख गर्दै कतिपय नागरिक समाजका अगुवा तथा विभिन्न संघसंस्थाहरूले उनकाे राजीनामासमेत माग गरेका छन् ।








