होण्डाले ल्यायो ‘दशैंको शुभ लाभ’ ग्राहक योजना

काठमाडौँ । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले स्क्रयाच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहार, साथै, ७ प्रदेशबाट एक–एक जना गरी ७ जनाले ७ लाख पाउन सक्ने छन् ।

बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार र साथै इजी फाइन्यान्सको पनि सुविधा छ । यो योजना २०७९ भाद्र २० गतेदेखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *