राजेन्द्र लिङ्देनको लाइनमा कमल थापा !

उनी भन्छन्- ‘संसद्को कार्यकाल लम्ब्याउने गरी ल्याउन खोजिएको विधेयक बदनियतपूर्ण’

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसद्को कार्यकाल लम्ब्याउने गरी ल्याउन खोजिएको विधेयक बदनियतपूर्ण रहेको टिप्पणी गरेका छन् । उनले बिहान सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले ल्याउन खोजेको विधेयक बदनियतपूर्ण रहेको टिप्पणी गरेका हुन् ।

यस्तो जनविरोधी कार्य तत्काल रोकिनुपर्ने अध्यक्ष थापाको भनाई छ । ‘जनताको सर्वोच्चता र संविधानको भावना विपरीत प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने गरी सरकारले ल्याउन खोजेको विधेयक बदनियतपूर्ण छ । यस्तो जनविरोधी कार्य तत्काल रोकिनुपर्छ’ उनले भने ।

थापाले उम्मेदवारी दर्ता गरेपछि स्वतः पदावधि समाप्त हुने भन्दै यसतर्फ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षणसमेत गराएका छन् ।

यसअघि हिजोमात्रै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गरेका थिए । उनले भनेका थिए- ‘प्रजातन्त्रमा विश्वास राख्ने दलहरूले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि सरकारलाई समेत चुनावी सरकारमा परिणत गर्न वा निष्पक्ष सरकार बनाउन उपयुक्त हुन्छ भन्ने राप्रपाको धारणा छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =