राजेन्द्र लिङ्देनले त्यागे सांसद पद, भने- मेराे तलबभत्ता राेक्का गरियाेस्
२०७९ भदौ १९ गते

काठमाडाैँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद छाडेकाे घाेषणा गरेका छन् ।
आइतबार संसद्मा बाेल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त नहुने भन्दै पद छाडेकाे बताएका हुन् ।
पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको बताउँदै उनले अबदेखि संसद्मा उपस्थित नहुने उल्लेख गरे ।
उनले भने, ‘अबबाट उहाँ उपस्थित हुने छैन । मेरो नाममा पठाइने तलब भत्ता सुविधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु ।’
२०७९ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








