कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहको छ ।
प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । साथै, प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
यस्तो छ भोलि र पर्सिको पूर्वानुमान :-









