नाडा इभि एक्सपाेमा सहभागी हुने कम्पनीका लागि लक्की ड्र सम्पन्न

काठमाडौँ । नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभि एक्सपो २०२२ मा सहभागी हुने कम्पनीहरुका लागि लक्कि ड्र सम्पन्न भएको छ । ६ देखि ९ असोजसम्म भृकुटी मण्डपमा हुने उक्त मेलाको तयारी तीव्र रुपमा चलिरहँदा सहभागी हुने कम्पनीहरुका लागि लक्कि ड्र गरिएको नाडाले जनाएको छ ।

प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएका छन् ।

कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान, नाडा अटो एक्सपो समितिका सभापति अनुप बराललगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *