आरजुको नाम बागलुङबाट पनि सिफारिस, अन्य यी स्थानमा पनि सिफारिसमा छ उनको नाम

पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाको नाम बागलुङबाट सिफारिस भएको छ । बागलुङ क्षेत्र नम्बर २ बाट उनको नाम प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारका लागि पठाइएको हो ।

उनीसहित १० जनाको नाम सिफारिस भएको बागलुङ कांग्रेसले जनाएको छ । गणेश शेरचन, जिल्ला सभापति जितबहादुर शेरचन, नेताहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा। शान्तराज आचार्य र सिंहबहादुर रानाको नाम सिफारिस भएको बताइएको छ ।

यसअगि उनको नाम कैलाली५ र बाँके ३ बाट प्रत्यक्षमा लड्न सक्ने गरी उम्मेदवार सिफारिस भएको थियो ।

कैलाली ५ बाट राणाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ भने बाँकेको क्षेत्र नम्बर ३ बाट उनीसहित उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री किशोरसिंह राठौरको नाम सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

यस्तै कांग्रेस डडेल्धुराको शुक्रबार बसेको बैठकले राणालाई प्रतिनिधि सभामा महिलातर्फबाट समानुपातिकका लागि पनि सर्वसम्मत सिफारिस गरेको थियो ।

राणा २०७० सालको चुनावमा डडेल्धुराबाट समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेकी थिइन्। त्यसपछि २०७४ सालको निर्वाचनमा कैलाली ५ बाट प्रत्यक्षमा लडेकी राणा एमाले उम्मेदवार नारदमुनि रानासँग हारेकी थिइन्। रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत ल्याएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =