रामचन्द्र पौडेलले भने, ‘देशले मलाई प्रधानमन्त्रीको भूमिकामा देख्न खोजेको छ’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । उनले देशको आवश्कता भनेको अहिले आफू प्रधानमन्त्री बन्नु रहेको बताए ।

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताए।

उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ।’ पौडेलले सिंगै देशलाई एकै पटक सुशासन दिन नसकेपछि सुशासनको जग बसाल्ने बताए।

‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर आँट गरेर म सक्रिय राजनीतिमा छु, देशको उन्नती र प्रगति भविष्यमा कसरी गर्न सक्छौं भन्ने दूरदृष्टी पनि मसँग छ। कार्यकारी भूमिका खेलेर सुशासन दिने सामर्थ पनि छ,’ उनले भने।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =