टुँडिखेलमा गौरा पर्वको रौनक (फोटोफिचर)

काठमाडौँ । सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व , गौरा पर्व आज टुँडिखेलमा मनाइएको छ । विशेष गरी डोटी र कुमाउँ गडवाल क्षेत्रमा परापूर्व कालदेखि मनाउँदै आएको यो पर्व भाद्र कृष्ण षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइन्छ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरू निराहार रही आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा (बिरुडा) पाँचथरीका गेडागुडी भिजाउने गर्छन्।यस पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा सौँ, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ।सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *