गगन थापा काठमाडौँ-४ बाट सर्वसम्मत सिफारिस

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौँ क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । शुक्रबार साँझ बसेको क्षेत्रीय समिति बैठकले गगन थापाको एकल नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

यसअघि कास्कीको क्षेत्र नम्बर १ मा पनि महामन्त्री थापाको तर्फबाट उम्मेदवार बन्न आवेदन परेको थियो । तर, थापाले आफू काठमाडौँ-४ बाटै उम्मेदवारी दिने तयारी गरेको बताएका थिए । थापा काठमाडौँ-४ बाटै २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका डा। राजन भट्टराईलाई पराजित गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *