राप्रपा नेपालले जिल्लालाई भन्यो- ‘२१ गतेभित्र उम्मेदवार सिफारिस गर्नू’

काठमाडौँ ।  राप्रपा नेपालले जिल्ला कार्यसमितिलाई २१ गतेभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्वाचनका लागि भदौ२१ गतेभित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरूलाई निर्देशन दिएको हो ।

 बैठकले मङ्सिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन पूर्वतयारीका लागि निर्णयहरू गरेको छ । महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ । कार्यक्रम अनुसार मेचीको काँकडभिट्टाबाट भदौ ३० गते सुरु हुने मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौँ आएर यात्राको समापन हुनेछ ।

समान विचारधारा भएका राजनीतिक दल, समूह तथा व्यक्तिहरूसँग आवश्यक छलफल ,परामर्श र वार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *