कर्णालीका मुख्यमन्त्री प्रतिनिधिसभा र प्रदेशसभामा एकल सिफारिस

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि हुम्लाबाट एकल उम्मेदवार सिफारिस भएका छन् ।

बिहीबार हुम्ला कांग्रेसले शाहीलाई दुवै पदमा सिफारिस गर्ने निर्णय गरेको हो । शाही २०७४ को स्थानीय तहको निर्वाचनमा हुम्ला क्षेत्र नं. २ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनले ४ हजार ५ सय १९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गरेका थिए ।

भण्डारीले ३ हजार ९ सय ९५ मत प्राप्त गरी पराजित भएका थिए । १ प्रतिनिधिसभा रहेको हुम्लामा यसअघि स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका थिए ।

लामाले ८ हजार ४ सय ९१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मंगलबहादुर शाही ८ हजार ४ सय ४४ मत प्राप्त गरी पराजित भएका थिए ।

गठबन्धनको भागबन्डा पर्खिएका मुख्यमन्त्री शाहीले प्रदेशमै बस्ने की संघमा जाने भन्ने निर्णयमा पुगी नसकेको स्रोतको दाबी छ । यद्यपि गठबन्धन भए पनि शाहीका लागि प्रतिनिधिसभामा स्वतन्त्रबाट चुनाव जितेका छक्क लामा सहज साबित भने नहुने नेताहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *