‘भगवान’ बनाउने मान्छे (फोटो कथा)

काठमाडौँ । सर्लाही मलंगवा घर भएका ५७ वर्षीय बिकाइ पण्डितले माटोको मूर्ति बनाउन थालेको चार दशक भन्दा बढी भयो । उनले आफू १५ वर्षको हुँदादेखि नै यो पुर्खौली पेसा अँगाल्दै आएका हुन् । कुपण्डोलको गुसिंगाल चोकमा रहेको उनको मूर्ति बनाउने ठाउँमा अहिले विश्वकर्मा र दुर्गा भवानीको मूर्ति तयार हुँदैछ ।
असोज १ गते मनाइने विश्वकर्मा पूजा र बडा दसैलाई लक्षित गरी उनी र उनका सहयोगीहरूलाई अहिले विश्वकर्मा र दुर्गा भवानीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । बिकाउले चाडबाड अनुसार हरेक भगवानको मूर्ति बनाउँदै आएका छन् । विश्वकर्मा पूजालाई विश्वकर्माको, दसैँलाई दुर्गाको, सरस्वती पूजालाई सरस्वतीको लगायतका मूर्ति बनाउनु उनको पेसा हो ।

सामान्यतया मूर्तिको प्रकार हेरेर एउटा मूर्तिलाई आकार दिन बिकाउलाई १ देखि ३ हप्ता सम्म लाग्दछ । एक सिजनमा उनी १५० देखि २०० वटा सम्म मूर्ति बनाउने रैछन । मूर्ति आफूले तयार पारे पनि सिँगार्न भने चाहिँ उनी भारतबाट कालिगड झिकाउँछन् । बिकाउले बनाएको विश्वकर्माको मूर्ति ७-८ हजारदेखि १ लाख रुपैयाँ सम्म मूल्य रहेको छ । बिकाउका अनुसार यसरी एक सिजनमा मूर्ति बनाएर उनी १ लाख ५० हजार देखि २ लाख सम्म कमाउने रहेछन् ।
तस्वीरः









