पशुपतिनाथमा तीजको रौनक (तस्बिरहरू)

काठमाडाैँ । हिन्दु नेपाली महिलाहरू हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् । तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरूमा व्रतालुहरूको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

१४ वर्षपछि पहिलोपटक पशुपतिकाे आर्यघाटतर्फकाे पूर्वपट्टीकाे ढाेकासमेत खुला गरिएकाे छ । अहिले यहाँ व्रतालु महिलाहरू पूजाआराधना साथै नाचगान गरिरहेका छन् । तीजलाई साथीसंगी र माइती पक्षसँग भेटेर मनको बह पोख्ने तथा रमाइलो गर्ने चाडको रूपमा पनि लिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *