कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

काठमाडौँ । देशका केही भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश-१ र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशका भू-भागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावजोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

यस्तो छ भोलि र पर्सिको पूर्वानुमान :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *