अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बसेन

काठमाडौँ । गणपुरक संख्या नपुगेपछि बसेन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बस्न सनेन । दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बोलाइएको थियो।

तर, गणपुरक संख्या नपुगेपछि आजको बैठक नसकेको हो । बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का पनि उपस्थित भएका थिएनन्। बिरामी भएकाले आउन नसकेको परराष्ट्र मन्त्रालयद्वारा जानकारी दिएको छ।

बैठकमा भारतीय सेनामा गोर्खा सैनिकको भर्तीका सम्बन्धमा छलफल हुने बताइएको थियो। अग्निपथ योजना सन् १९४७ को भारत, नेपाल र बेलायतबीचको त्रिपक्षीय सन्धि अन्तर्गत नरहेको विज्ञहरुको भनाइ छ। उक्त सन्धिले गोर्खा सैनिकलाई पेन्सनको व्यवस्था गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =