नेवा समुदायको अपमान गरेको आरोपमा कमेडियन पक्राउ

काठमाडौँ । नेवा समुदायको अपमान गरेको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ पुरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले सिंहलाई आइतबार पक्राउ गरेको हो ।

नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरुद्ध नेवा अभियन्ताहरूले प्रहरी परिसर काठमाडौँमा शनिवार उजुरी गरेका थिए ।

युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ पोस्ट गरेका उनले नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेका थिए ।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । विरोध भएपछि सिंहले सो भिडिओ युट्युब च्यानलबाट हटाइसकेका छन् । यस्तै उनले शनिवार नै फेसबुकमार्फत माफी मागेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *