लोमान्थाङमा विश्वकै सबैभन्दा अग्लो स्थानको गल्फ कोर्स, पहिलो पटक प्रतिस्पर्धा

पोखरा । विश्वकै सबैभन्दा अग्लो गल्फ कोर्स दाबी गरिएको मुस्ताङको लोवथाङमा पहिलो गल्फ प्रतियोगिता गरिएको छ । लोमान्थाङ गाउँपालिका ५ लोवथाङमा पहिलो पटक गल्फ प्रतियोगिता गरिएको हो ।

४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको उक्त गल्फ कोर्स केही समय अघि मात्रै तयार भएको थियो । यसअघि भारतको सिक्किम स्थित ३ हजार ९ सय ७० मिटर उचाइमा रहेको गल्फ कोर्सलाई उच्च स्थानको कोर्सका रूपमा गिनिज बुकमा अद्यावधिक गरिएको छ ।

मुस्ताङीहरुले अब लोवथाङको गल्फ कोर्सलाई गिनिजबुकमा नाम लेखाउन प्रक्रिया समेत अघि बढाएका छन् । पहिलो गल्फ प्रतियोगितामा ३६ गल्फर सहभागी भएका थिए ।

सांसद तथा गल्फ कोर्स निर्माणको अभियन्ता इन्द्रजात्रा विष्टले विश्व कीर्तिमानी रच्न सफल भएको बताए । विजयी भएका खेलाडीलाई विशेष प्रकारको कप दिइएको छ ।

९ होलमा खेलाइएको खेलमा पुरुषतर्फ २२ स्कोर ल्याएर श्याम तामाङ र महिला तर्फ १५ पोइन्ट ल्याएर सुस्मा सिंह विजयी भएका छन् । लोमान्थाङ गाउँपालिकाले हाइ अल्टिच्युड गल्फ प्रतियोगिताका लागि १० लाख छुट्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *