कोरोना सक्रिय संक्रमित संख्या तीन हजार १२ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २१, ललितपुरमा ८, भक्तपुरमा २, चितवनमा ४, मोरङ, सुनसरी र गोरखामा ३÷३, सिन्धुपाल्चोक, धादिङ, अछाम र कञ्चनपुरमा २÷२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको हो । हाल देशभर कोरोाना भाइरसको सक्रिय संक्रमित संख्या तीन हजार १२ जना रहेको छ ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *