साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीमा को-को परे ?

काठमाडौं । साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । यही भदौ २१ गतेदेखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको हो ।

प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा तीन नयाँ खेलाडी डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

समूह बी मा रहेको नेपालले भदौ २१ गते उद्घाटन खेलमा भुटानसँग खेल्नेछ । प्रशिक्षक थापाले तीन नयाँ खेलाडी प्रतिभावान रहेको र टिमको तयारी राम्रो भएको बताए ।

नेपाली टिममा को को

गोलकिपर : एन्जिला तुम्बाप्पे सुब्बा, अन्जना रानामगर, उषा नाथ

रक्षक : हिराकुमारी भुजेत, अमृता जैसी, गीता राना, पुनम जर्गामगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक

मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भन्डारी, रश्मीकुमारी घिसिङ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *