थप ३ सय २४ जनामा कोरोना संक्रमण, १ काे मृत्यु
२०७९ भदौ १० गते

काठमाडौँ । नेपालमा थप ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ६ सय ७३ पिसिआर परीक्षणका क्रममा १ सय ६३ जना र १ हजार ८ सय ४२ एन्टीजेन परीक्षणका क्रममा १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय १८ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ३ हजार ९ सय ४३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








