फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई ७३ प्रतिशत प्रभावकारी

लस एन्जलस । कोरोना भाइरस विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ ।

फाइजर आफैले गरेको अध्ययनबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई फाइजर खोप ७३ प्रतिशत प्रभावकारी रहेको देखाइएको हो । यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दावी गरिएको छ ।

अमेरिकी खाद्य तथा औषधी प्रशासनले आपतकालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो । अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकाहरूलाई फाइजर खोप लगाउन प्रेरित गर्न पनि उनीहरूले सुझाव दिएका छन् ।

विश्वका धेरै देशमा फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पनि लगाइदै आएको छ । यस अध्ययनले खोपलाई निरन्तरता दिदै विस्तार गर्न थप उत्प्रेरित गर्ने भएको छ ।

स्वास्थ्य अधिकारीहरूले आपतकालीन अवस्थामा मात्रै पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई खोप लगाउन सुझाव दिने गरेपनि अव भने यो खोप सबैलाई नियमित रुपमा लगाउन फाइदाजनक नै हुने देखाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *