‘अग्निपथ’बारे छलफल गर्न बोलाइएको समिति बैठकमा मन्त्री नै आएनन्

काठमाडाैँ । भारत सरकारले ल्याएकाे विशेष सैनिक याेजना ‘अग्निपथ’का बारेमा छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएकाे छ ।

बैठकमा छलफल गर्न मन्त्री नै नआएपछि बैठक स्थगित भएकाे हाे । त्यस्तै, बैठकमा कोरम पनि नपुगेकाे बताइएकाे छ ।

बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको समिति सभापति पबित्रा निरौला खरेरले जानकारी दिइन् । बैठकमा ७ जना सदस्यहरू मात्रै उपस्थित रहेकाे उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − six =