नेकपा एसमा इलामबाट खनाल र राईकाे नाम सिफारिस
२०७९ भदौ ९ गते

काठमाडाैँ । नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा एसको जिल्ला कमिटीको बैठकले जिल्लाको प्रतिनिधि सभाको लागी प्रत्यक्ष र समानुपातिकको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्यका लागि इलाम १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ । भने इलाम–२ बाट युवा संघका केन्द्रीय उप महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभा सदस्यका लागि इलाम १ क र ख मा भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, बृहस्पति खतिवडा र सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ ।
इलाम–२ क र ख मा हरि बाला, प्रमिला बस्नेत, सञ्जीप राई, सोम शर्मा, हर्क साम्बाको नाम सिफारिस गरिएको छ ।
२०७९ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित








