लामाचौरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

पोखरा । लामाचौरमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । सधैँ महिला भलिबल गर्दै आएको नव आदर्श सामुदायिक विकास समाजले यो वर्षदेखि पुरुष प्रतियोगिता पनि गर्न लागेको हो । २४ औँ संस्करणको लामाचौर तीज महोत्सवमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

महिलातर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमन्ड, यूथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशका टिमको सहभागिता रहनेछ । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम सहभागी हुनेछन् ।

दुवै प्रतियोगितामा विजेताले १ लाख ५० हजार १ सय ११ रुपैयाँ पुरस्कार  पाउने छन् । उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ पाउने छन् प्रचार संयोजक बुद्धिबहादुर खत्रीले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *