नागरिकता विधेयक रोक्न देउवालाई ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विधेयक रोक्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई नागरिकता विधेयक रोक्न आग्रह गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक तत्काल रोक्न अध्यक्ष ओलीले आग्रह गरेका हुन् ।

राष्ट्रपति भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयक पुनः प्रतिनिधिसभाबाट पारित भएको छ । त्यस्तै, राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको तयारी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *