पार्टी पुनर्गठन दिवस मनाउँदै एकीकृत समाजवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भोलि पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम गरी दिवसका रूपमा मनाउन लागेको हो ।

सो अवसरमा काठमाडौँको थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रमलाई पार्टी अधयक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्ने महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनकाअनुसार पार्टीका जनवर्गीय सङ्गठन तथा सबै कमिटीले पनि उक्त दिन देशैभर कार्यक्रमको आयोजना गर्ने छन् ।

करिब एक वर्षको अवधिमा देशका सबै जिल्लामा सङ्गठन विस्तार गरेको पार्टीले ७५३ पालिका तथा सबै वडामा सङ्गठन विस्तार गर्ने क्रममा छ । नेकपा एमालेको वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै केही नेता तथा कार्यकर्ताले विद्रोह गरी उक्त पार्टी स्थापना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =