फोहोर व्यवस्थापनका लागि अनुगमन समिति बनाउने, गगन थापालाई संयोजक बन्न प्रस्ताव

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अनुगमन समिति बनाउने तयारी गरेको छ ।

शहरी विकास मन्त्रालयले आयोजना गरेको बैठकमा शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौंको फोहोर व्यवस्थापन गर्न अनुगमन समिति बनाउने प्रस्ताव गरेका छन् ।

छलफलमा सहभागि एक प्रतिनिधिका अनुसार शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौँका सांसद समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई संयोजक बन्न प्रस्ताव गरेका थिए ।

मन्त्री चौधरीको प्रस्तावलाई थापाले काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरुको भेलाबाट निर्णय हुनुपर्ने बताएको थिए । थापाले ती तीन जिल्लाका सांसदहरुको उपस्थितिविना निर्णय लिन नहुने सुझाव दिएका थिए ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न नियमित अनुगमन, सम्झौता कार्यान्वयन लगायत विषयमा सरोकार जिल्लाका सांसदहरु सम्मेलित अनुमगन समिति बनाउनु पर्ने प्रस्ताव मन्त्रालयले गरेको बैठकमा सहभागी एक प्रतिनिधिले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *