उपत्यकामा बन्दको प्रभाव शून्य, जनजीवन सामान्य (तस्बिरहरू)

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा परेको छैन । उपत्यकाका सडकमा सवारी साधनहरु सामान्य रुपमा गाडी चलिरहेका छन् तर, सडक र चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले नेपाल बन्दको आह्वान गरेका हुन् ।

बिहानैदेखि उपत्यकाका प्रमुख सडक र चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ।  ‘बन्द भनेपछि अरू दिनको तुलनामा सवारीको आवागमन कम हुने नै भयो, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने, ‘तर बन्दकर्ता सडकमा देखिएका छैनन् । हामी चोक तथा सम्भावित स्थानमा प्रहरी परिचालन गरेका छौँ ।’

नयाँ बानेश्वर, माइतीघरलगायतका क्षेत्रमा बिहानैबाट प्रहरी परिचालन गरिएको छ । ‘मन्त्रालयबाटै देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन आएको छ । त्यहीअनुसार प्रहरी ‘हाई अलर्ट’मा छ, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *