भदाै १२ गतेदेखि देशभरका विद्यालय ७ दिनका लागि बन्द

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दकाे घाेषणा गरेकाे छ ।

सरकारले उचित पारिश्रमिक नदिएकाे भन्दै आन्दोलित भएकाे परिषद्ले यही भदौ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेकाे हाे ।

परिषद्ले सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द बताएकाे हाे ।

त्यसअघि कर्मचारी परिषदले ९ गते खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म विरोध र्‍याली प्रदर्शन, १० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौँमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

​यसअघि पनि परिषद्ले विभिन्न आन्दोलन गरिसकेकाे छ । परिषद्ले विद्यालय कर्मचारी सहायक (लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने, विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने, संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्नेलगायत माग अघि सारेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *