गायक नवीन पौडेलको तीज गीत ‘हरहर वासना’ सार्वजनिक (भिडियो)

काठमाडौं। गायक नवीन पौडेलको तीज गीत ‘हरहर वासना’ सार्वजनिक भएको छ । म्यूजिक भिडियोसहित गत साउन २७ गते युट्युबमार्फत् सार्वजनिक गरेको गायक पौडेले जानकारी दिए । लोकदोहोरी क्षेत्रमा अनवरत अघि बढिरहेका गायक पौडेलले गीत मौलिक र अत्यन्तै राम्रो बनेको बताए ।

पछिल्लो समय मौलिकता हराउँदै गइरहेका बेला आफूले लोक संस्कृति संरक्षणका लागि सत्प्रयास गरेको उनी बताउँछन् । गायक स्वयंको संगीत रहेको गीतमा आशा बिसीले स्वरमा साथ दिएकी छन् । उक्त गीतको म्यूजिक भिडियोमा सन्तोष शर्मा र स्वीकृति पौडेलको अभिनय छ भने निर्देशन विष्णु भट्टराईले गरेका हुन् ।

नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय अश्लीलता भित्रिएको आरोप लागिरहेको बेला गायक पौडेल भने यसलाई  आफ्नो तर्फबाट चिर्ने प्रयास गरिरहेको बताउँछन् । नेपाली नारीहरुको महान पर्व ‘तीज’ नजिकिइरहँदा यसको रौनक समेत बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *