हाम्रो फोकस धेरै उम्मेदवारी दिनेभन्दा पनि धेरै परिणाम ल्याउनेमा छ : प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी आमनिर्वाचनमा परिणाम धेरै लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताएका छन् ।
उनले गठबन्धनमा सिट बाँटफाँट टुंगो लगाउने कोसिस भइरहेको भन्दै जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको बताए
पार्टी कार्यालय सानेपामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा सिट धेरै लिनेभन्दा पनि परिणाम धेरै ल्याउने विषयमा केन्द्रित रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो के कुरामा फोकस छ भने कति धेरै क्षेत्रमा उम्मेदवारी दिनेभन्दा पनि कति धेरै ठाउँमा हामी परिणाम ल्याउने त्यो महत्वपूर्ण हो हाम्रा लागि ।’
उनले अगाडि भने, ‘हामी उठ्नेचाहिँ धेरै ठाउँमा, परिणामचाहिँ कम । २०७४ मा हामीले १६५ क्षेत्रमै लडेको होइन , २३० प्रदेश निर्वाचनमै लडेको होइन १६५ मा हाम्रो २३ सिट मात्रै आयो । यो कुरालाई हाम्रा जिल्लाका साथीहरुले बुझ्दै पनि जानुभएको छ, बुझ्नु पनि हुन्छ । तर त्यहाँको भावना, भोट ट्रान्सफर कसरी हुन्छ, हुँदैन सबै स्थिति मूल्यांकन गरेर यसको टुंगो लगाउँने छौं ।’
‘जनताको साथमा कांग्रेस’ नारा लिएर गाउँ जाँदै नेताहरु








