‘साताका सात’ तस्बिर

बस्तीबाट हिमाल
मौसम सफा भएको बेला ललितपुरको कुम्भेश्वर क्षेत्रबाट देखिएको रसुवाको गणेश हिमाल ।

टिकाको व्यापार
पाटन मंगलबजारमा रहेको एक घरको भित्तामा बिक्रीको लागी राखिएको टिका र बिन्दी ।

सञ्चार कर्म
पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा ‘श्रीकृष्ण जन्माष्टमी’ को समाचार कैद गर्दै

गन्तव्य
बानेश्वरस्थित सङ्घीय संसद् रहेको भवन अघिबाट आफ्नो गन्तव्यतर्फ जाँदै साइकलमा व्यापार गर्ने व्यापारी ।

समाचारमा चासो
नेपाल मजदुर किसान पार्टीले आयोजना गरेको नागरिकता विधेयक सम्बन्धी विरोध सभामा, पत्रिका पढ्दै सहभागीहरू ।

शिव ताण्डव नृत्य
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भएको बागमती गङ्गा आरतीमा शिव ताण्डव नृत्य प्रस्तुत गर्दै कलाकार ।

घाम छाया
नैकाप हाइटबाट खिचिएको उपत्यकाको दृष्य । जहाँ कीर्तिपुरमाथिको आकाशमा कालो बादल मडारिएको छ भने, खोकना क्षेत्रमा घाम लागेको देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *