श्रीरामकाे ‘सन्चाे छ कि रोदन’ सार्वजनिक (भिडिओसहित)

काठमाडाैँ । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सन्चाे छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन् ।

राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । ‘सन्चाे छ कि रोदन’ मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन् ।

१० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालमा काठमाडाैँ छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७, दोर्पाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन् ।
गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविताजस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन् । उनका बाल कथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् ।

संयुक्त लघुकथा संग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको लघुकथा संग्रह प्रकाशनको तयारीमा छ । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *