रक्सीले मातेकी फिनल्यान्डकी प्रधानमन्त्रीको भिडिओ भाइरल (भिडिओसहित)

काठमाडौँ । रक्सी खानुलाई त्यत्ति चासोको रुपमा लिँईदैन तर, सार्वजनिक पद धारण गरेको व्यक्तिको भने हरेको कुरा चासोका साथ लिने गरिन्छ ।

भर्खरै फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ । एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन् ।

लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ । ३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन् । त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन् ।

विपक्षी नेताहरूले मरिनले लागुपदार्थ सेवन गरेरनगरेको परीक्षण गर्नुपर्ने माग गरेको बीबीसीले उल्लेख गरेका छ । मरिनले भने आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *