वन कार्यालय सुर्खेतको कार्यालय भित्रै एक जनाको मृत्यु, आफन्तको विरोध

सुर्खेत । डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेतको कार्यालयभित्रै एक जना पुरुषको मृत्यु भएको छ । लेकबेशी नगरपालिका–१० का अन्दाजी ५८ वर्षीया धानिराम लामिछानेको बिहीबार मृत्यु भएको हो ।

मृतक लामिछानेका आफन्तकाअनुसार मदन भण्डारी राजमार्गमा टाँचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले लामिछाने र उनको श्रीमतीलाई पक्राउ गरी कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन् ।

भाइ रामप्रसाद लामिछानेले घर बनाउनका लागि सानो रुख काटेको आरोपमा भाउजूलाई पहिला वन कार्यालयले पक्राउ गरेको बताए । उनले भने, ‘पछि वन कार्यालयबाट मिलापत्र गर्ने कुरा गरेर घर गए, झुक्क्याएर दाइलाई वनका चार जना कर्मचारीहरूले, लतार्दै, पिट्दै ल्याएका रहेछन् । अनि भाउजूलाई बाहिर निकाले र दाइलाई भित्र पठाएपछि यस्तो घटना घट्न पुग्यो ।’ भाइ रामप्रसादले वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्ने बहाना रचेको बताए । साथै आफन्तहरूले उक्त घटनाको सत्य, तथ्य छानबिन हुनु, पर्ने कर्मचारीहरूलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

लामिछानेलाई पक्राउ गर्नको लागि वीरेन्द्रनगर शव डिभिजन प्रमुख कृष्णराम धितालको ठाडो आदेशमा फरेस्टर सन्तोष खत्री, वन रक्षक पीयूषराज तिवारी लगायतको टोली गएको थियो । यस्तै, उनीहरूको अहिले डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेत कार्यालय अगाडी विरोध जनाएका छन् ।

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले लामिछानेको मृत्यु कर्मचारीको कुटपिटबाट नभई उनले आत्महत्या गरेको दाबी गरेको छ ।  हाल लामिछानेको परिवार वीरेन्द्रनगर नगरपालिका–१३ भुतचोकमा बस्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *