माओवादी सांसदको आरोप राष्ट्रपतिले विवेक प्रयोग गर्नुभएन : अञ्जना बिशंखे

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेक प्रयोग गर्न नसकेको आरोप लगाएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बिशंखेले राष्ट्रपतिमाथि यस्तो आरोप लगाए । उनले संसदमा कसैले पनि विवेक प्रयोग गर्न नसकेको बताए । सांसदहरूलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन पनि उनको चुनौती छ ।

सांसद बिशंखेले नागरिकतामा राजनीति गर्न नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताए । नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहजरूपमा नागरिकता दिनुपर्ने उनको भनाइ छ । उनले नागरिकताको बारेमा फरक रूपमा रहँदा फरक तर्क गर्न नमिल्ने बताइन् ।

उनले भनिन् , ‘छोरीसँग विवाह गरेर आउने ज्वाइँले चाहन्छन् भने पनि र छोरासँग विवाह गरेर आउने बुहारीले चाहेमा पनि नागरिकता दिन सक्नुपर्छ । यो नागरिकता दिनुपर्छ भन्ने विषय हो । एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन रु विवेकको प्रयोग गरौँ । ठूला प्रश्न गर्नेलाई मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहन्छ रु सम्मानित राष्ट्रपतिजस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरूको के कुरा गर्ने ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =