नाडा विद्युती सवारी एक्सपो २०२२ को स्टल बुकिङ खुल्ला

काठमाडौँ । नाडा विद्युती सवारी मेला (इभि एक्सपो) २०२२ को लागि स्टल बुकिङ खुला भएको छ ।

आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२ को आयोजना गरिने भएको हो ।

उक्त इभि एक्सपोका लागि बुधबारबाट भाद्र ५ गतेसम्मका लागि स्टल बुकिङ्कसमेत खुला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सवैबाट आवश्यक सहयोगको लागि आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *