अनेरास्ववियु दैलेखको अध्यक्षमा दाहाल

सुर्खेत । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु दैलेखको अध्यक्षमा मनसुन दाहाल चयन भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दैलेखको १२औँ जिल्ला सम्मेलनबाट दाहाल सर्वसम्मत चयन भएका हुन् ।

कमिटिको उपाध्यक्षमा भुपेन्द्र विसी, सचीवमा नरबहादुर कठायत, सह–सचिवमा मुकुन्द थापा, धिरेन्द्र शाही, रविन्द्र दाहाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै, सम्मेलनले कोषाध्यक्षमा प्रतिमा खड्का लगायत ३३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *