बञ्चरेडाँडामा आज पनि तनाव, १ जना पक्राउ

काठमाडौँ । स्थानीयले निरन्तर अवरोध गर्दा काठमाडौँको फोहोर फोहोर व्यवस्थापनका लागि  बञ्चरेडाँडामा प्रहरी परिचालन गरिएकाे छ ।

आज पनि स्थानीयको विरोधकाबिच फोहरको गाडी लैजान खोज्दा स्थानीय र प्रहरीबिच झडप भएको छ । सोही क्रममा फोहोर व्यवस्थापन गर्न अवरोध गर्ने एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय दिपेश कार्की रहेकाे प्रहरीले जानकारी दिएकाे छ । हिजो पनि फोहोर व्यवस्थापनको विषयमा विवाद हुँदा प्रहरीले पाँच राउण्ड हवाइफायर गरेको थियो भने केही स्थानीय घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *