समाजलाई फाइदा हुने गरी काम गर्न खेलकुद संघलाई महामन्त्री थापाकाे सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजलाई फाइदा हुने गरी कार्यसम्पादन गर्न लोकतान्त्रिक खेलकुद सङ्घलाई सुझाव दिएका छन् ।

मङ्गलवार काठमाडौँमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश, काठमाडौँ क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रममा थापाले खेलमा लाग्ने युवाहरूको भविष्य उज्जर रहेको र देशको सेवा पनि हुने भएकाले यसप्रति ध्यान दिन सुझाव दिएका छन् ।

कुलतमा फस्ने युवाहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा युवाहरूलाई विभिन्न खेलमा आबद्ध गराए युवाहरूले सही बाटो समात्ने उनले बताए । थापाले दुई हप्ताभित्र कमिटी बनाएर आवश्यक खेल कार्यक्रम तय गर्न निर्देशन दिए ।

त्यस्तै थापाले खेल मार्फत समाज रूपान्तरणमा योगदान गर्न पनि सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *