बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ । बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठकले संयोजकको जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिएको छ। कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिने नेताहरुले बताएका छन्।

आजै निर्वाचन आयोगमा दल दर्ताका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु जाँदैछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =