बाबुराम-वामदेव ‘हँसिया हथौडा’ बाट चुनाव लड्ने !

काठमाडौँ । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा भाग लिने भएका छन् । माओवादी केन्द्रले भट्टराई र गौतमलाई आफ्नो चुनाव चिह्नबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो । माओवादीका प्रवक्ता कृष्णबहादुर महराकाअनुसार मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हाे ।

दुवै दलले माओवादी केन्द्रसँग अन्य शर्तहरू पनि राखेको र ती शर्तहरूका विषयमा छलफल जारी रहेको प्रवक्ता महराले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =