युवा संघले उठायो बानेश्वरको फोहोर (तस्बिरहरु)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय  युवा संघ नेपालले आज बानेश्वर क्षेत्र वरपरको फोहोर उठाएको छ ।

युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठाउँदै कार्यक्रमको सुरुवात गरिएको थियो । बानेश्वर क्षेत्र वरपर, रत्न राज्य स्कुल हुदै पुरानो बानेश्वरमा रहेको फोहोर उठाएर पेप्सिकोला मा रहेको फोहोर प्रसोशन स्थलमा फोहोर लगिने युवा संघमा अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

फोहर संकलन उपत्यकाका बिभिन्न स्थानमा निरन्तर चल्ने र फोहर बिसर्जन गर्ने स्थलसम्म पुराईने उनले बताए  । उनले फोहर बिसर्जनका बिषयमा यसअघि पनि विवाद भएपनि यसपटक भने यसलाई व्यवस्थापन गर्न महानगर चूकेको समेत बताए ।

सत्तारुढ दलहरुले नै फोहर बिसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सवै समस्याको समाधान राज्यले खोज्नुपर्ने पौडेलको भनाई छ । यसरी उठाएको फोहोर मनोहरा मल्टिप्रपोज कम्पनी प्रालीको फोहोर बोक्ने गाडीमा हालेर प्रशाेधन  स्थल सम्म लगिने बताइएकाे छ ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *