ऋतु र बुनुले ल्याइन् तीज गीत ‘मेरो राजा’ (भिडिओसहित)

काठमाडौँ । तीजको नयाँ गीत ‘मेरो राजा…’ सार्वजनिक भएको छ । गीतमा रितु कँडेल र बुनु श्रेष्ठको स्वर रहेको गीतमा सुवासचन्द्र ढुंगेल अफिसिएल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

सुवासचन्द्र ढुङ्गेलको शब्द रचना रहेको गीत चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडकाले सार्वजनिक गरेका छन् । विनोदराज ढुङ्गेलको संगीत रहेको गीतको म्युजिक भिडिओ गम्भीर विष्टले निर्देशन गरेका हुन् । म्युजिक भिडिओ अन्यभन्दा फरक रहेको कार्यक्रमका वक्ता एवम् भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीको भनाई छ ।

तीजको यो गीतले महिलाले चाहेमा भ्रष्टाचार नियन्त्रणमा ठूलो भूमिका खेल्न सक्ने सन्देश दिएको छ । कार्यक्रममा अल्बर्ट बज्राचार्य, गायिका बुनु श्रेष्ठ, निर्देशक गम्भीर विष्ट, शम्भो राजभण्डारी, बिनोदराज ढुङ्गेल लगायतले फरक शैलीको यो तीज गीतको छुट्टै महत्त्व रहेको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *