बञ्चरेडाँडामा फोहर फाल्न नदिन सत्तारुढ ३ ठूला दल एकमत

काठमाडाैँ । धादिङको धुनिवेशी नगरपालिका-१ का ३ दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका छन् । आइतबार तीन दलका स्थानीय नेतृत्वले संयुक्तरूपमा विज्ञप्ति जारी गरेर काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानीय वासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै अब फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।

धादिङको धुनिवेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्तरूपमा नगरपालिकाको प्रमुखलाई पत्र बुझाएर आगामी दिनमा फोहोर फाल्न नदिने जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *