शेखरलाई देउवाको वचन- अब सल्लाह गरेर जाऔँला

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । आइतबार शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले उनलाई बोलाएका थिए । देउवाले बोलाएपछि कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट गरेका हुन् ।

करिब एक घण्टा भएको ‘वान टु वान’ छलफलमा कोइरालाले पार्टी सञ्चालनमा देउवाले गरेका कमजोरीबारे आफूले थेग्नै नसक्ने गरी कार्यकर्ताबाट दबाब आइरहेको भनेका थिए । जवाफमा सभापति देउवाले अब परामर्श गरेरमात्रै निर्णय लिने बताए । ‘अहिलेसम्म जे भयो, भयो, अब सल्लाह गरेरै काम गरौँला । चुनाव आएको छ, पार्टीलाई जिताउने गरी सबै जना लाग्नुस्,’ भेटमा देउवाले भनेकाे स्रोतले बतायो ।

कोइराला समूहले महाधिवेशनपछि निर्वाचनमा टिकट वितरण, पार्टीको सदस्य मनोनयन, भ्रातृ संस्थाको नेतृत्व चयनलगायत विषयमा देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *