मिलन पाण्डेकाे प्रश्न- विवेकशील साझा पार्टीकाे स्थापना ‘राजतन्त्र’ ब्युँताउनलाई थियाे ?

काठमाडाैँ । विवेकशील साझा पार्टीका संयाेजक मिलन पाण्डेले पार्टी पुन:गठन गर्न आह्वान गरेका छन् । राष्ट्रिय भेलामार्फत् स्थापनाको मर्मअनुरूप पार्टी पुन:गठन गर्न आह्वान गर्द‌ै उनले भनेका छन्, ‘बृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्यपछि पार्टी पुन:गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौँ । हामी छिट्टै राष्ट्रिय भेलाको मिति सार्वजनिक गर्नेछौँ र पार्टीलाई पुनर्गठन गर्नेछौँ ।’

उनले विवेकशील साझा पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन नभएकाे जिकिर गरेका छन् । उनले थप प्रश्न गरेका छन्, ‘पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ?  पक्कै थिएन । त्यसैले वैकल्पिक राजनीतिमाथिको यो घातलाई अब हामीले पार्टी पुन:गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन ।’

यसअघि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले आफ्नै नेतृत्वमा निर्वाचन प्रयाेजनका लागि दल दर्ता गर्न निर्वाचन आयाेग जान भन्दै केन्द्रीय सदस्यहरूलाई पत्राचार गरेका थिए । यसपछि संयाेजक पाण्डेले यसखाले आह्वान गरेका हुन् । संयाेजक पाण्डेलाई अध्यक्ष मिश्रले यसअघि नै कारबाही गरिसकेका छन् । अध्यक्ष मिश्रले पनि यसअगावै पदबाट राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =